मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
अर्थ/व्यापार

सुनको मूल्य एकैदिन १९०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तो

स
समाचार कक्ष
२०२५ नोभेम्बर २४
4
0
सुनको मूल्य एकैदिन १९०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तो
सारांश
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ४४ हजार ६०० रुपैयाँ रह...

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ४४ हजार ६०० रुपैयाँ रहेको छापावाल सुन सोमबार १ हजार ९०० रुपैयाँले सस्तो हुँदै २ लाख ४२ हजार ७०० रुपैयाँमा झरेकाको हो।

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आइतबार तोलामा ३ हजार १३५ रुपैयाँ रहेको चाँदी सोमबार २० रुपैयाँले घटेर ३ हजार ११५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार