मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
अर्थ/व्यापार

सुनको भाउमा फेरि ठूलो गिरावट, एकै दिन तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो

स
समाचार कक्ष
२०२६ फेब्रुअरी २
7
0
सुनको भाउमा फेरि ठूलो गिरावट, एकै दिन तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो
सारांश
काठमाडौँ - सोमबार पनि सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १३ हजार ४०० रुपैयाँले घ...

काठमाडौँ - सोमबार पनि सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १३ हजार ४०० रुपैयाँले घट्दै २ लाख ८६ हजार ६०० रुपैयाँमा झरेको छ। आइतबार छापावाल सुनको मूल्य तोलामा ३ लाख रुपैयाँ कायम गरिएको थियो।

यसअघि बिहीबार सुनको मूल्य तोलामा ३ लाख ३९ हजार ३०० रुपैयाँसम्म पुगेको थियो, जुन हालसम्मकै उच्च स्तर हो। तर त्यसयता लगातार घट्दो क्रममा रहेको देखिएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आइतबार तोलामा ५ हजार ५०० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर ५ हजार २०० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार