मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
अर्थ/व्यापार

सुनको भाउमा ऐतिहासिक गिरावट: एकैदिन तोलामा १२,५०० रुपैयाँ घट्यो

स
समाचार कक्ष
२०२६ मार्च २२
11
0
सुनको भाउमा ऐतिहासिक गिरावट: एकैदिन तोलामा १२,५०० रुपैयाँ घट्यो
सारांश
काठमाडौंमा आइतबार सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। एकैदिन तोलामा १२ हजार ५ सय रुपैयाँ घटेसँगै सुनको भाउ प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा निर्धा...

काठमाडौंमा आइतबार सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। एकैदिन तोलामा १२ हजार ५ सय रुपैयाँ घटेसँगै सुनको भाउ प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि शनिबार सुन प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो एक सातामा मात्र सुनको मूल्य २७ हजार ४ सय रुपैयाँले घटेको छ। गत आइतबार सुनको भाउ ३ लाख ९ हजार ४ सय रुपैयाँ रहेको थियो भने माघ १५ गते अहिलेसम्मकै उच्च ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदी प्रतितोला ३५५ रुपैयाँले घटेर ४ हजार ५४० रुपैयाँमा झरेको छ, जुन अघिल्लो दिन ४ हजार ८९५ रुपैयाँ थियो।

एक साताको अवधिमा चाँदीको भाउ पनि ७३० रुपैयाँले घटेको छ। गत आइतबार चाँदी प्रतितोला ५ हजार २७० रुपैयाँमा कारोबार भएको थियो भने माघ १५ गते हालसम्मकै उच्च ७ हजार ५०५ रुपैयाँ पुगेको थियो।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार