मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

सुनको भाउ फेरि रेकर्ड नजिक, चाँदी सस्तो

स
समाचार कक्ष
२०२५ अगस्ट २७
4
0
सुनको भाउ फेरि रेकर्ड नजिक, चाँदी सस्तो
सारांश
११ भदौ, काठमाडौं — बुधबार सुनको मूल्य फेरि रेकर्ड नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ९९ हजार रुपैयाँ ...

११ भदौ, काठमाडौं — बुधबार सुनको मूल्य फेरि रेकर्ड नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ९९ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ३०० रुपैयाँले बढी हो।

मंगलबार सुनको मूल्य १ लाख ९८ हजार ७ सय रुपैयाँ थियो। हालसम्मकै उच्च मूल्य भने साउन २३ गतेको १ लाख ९९ हजार ४ सय रुपैयाँ हो। तीन साता नपुग्दै सुनको भाउ फेरि त्यस रेकर्ड नजिक पुगेको हो।

उता, चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिन २३६० रुपैयाँ रहेको चाँदी आज १५ रुपैयाँले घटेर २३४५ रुपैयाँमा झरेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार