मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

सुन-चाँदीको भाउ उकालो: आज कति पुग्यो मूल्य?

स
समाचार कक्ष
२०२६ अप्रिल १२
4
0
सुन-चाँदीको भाउ उकालो: आज कति पुग्यो मूल्य?
सारांश
काठमाडौँ । नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार अघिल्लो कारोबार दिनको तुलनामा...

काठमाडौँ । नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढेको हो।

महासंघले निर्धारण गरेको नयाँ दरअनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार १०० रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार यही सुन २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ५४ हजार ७१५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिन २ लाख ५४ हजार ५४५ रुपैयाँ थियो।

सुनसँगै चाँदीको भाउमा पनि सामान्य वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले बढ्दै ४ हजार ९७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९६० रुपैयाँ रहेको थियो।

यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार २६५ रुपैयाँ निर्धारण गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढावका आधारमा महासंघले दैनिक रूपमा नेपाली बजारका लागि सुनचाँदीको मूल्य तय गर्दै आएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार