मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पूर्वमन्त्री दीपक खड्का पक्राउ, स्काउट जग्गा विवादसँग जोडियो नाम

स
समाचार कक्ष
२०२६ मार्च २९
6
0
सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पूर्वमन्त्री दीपक खड्का पक्राउ, स्काउट जग्गा विवादसँग जोडियो नाम
सारांश
१५ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सी...

१५ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा भइरहेको अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिइएको हो ।

खड्का लैनचौरस्थित नेपाल स्काउटको जग्गा विवादमा समेत जोडिएका छन् । जेनजी आन्दोलनको क्रममा उनको निवासमा आगजनी हुँदा ठूलो रकम जलेको दाबी सहित एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । उक्त घटनासँग सम्बन्धित विषयमा पनि अनुसन्धान भइरहेको जनाइएको छ ।

सीआईबी स्रोतले पूर्वमन्त्री खड्काको पक्राउ पुष्टि गरेको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार