मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ

सहिदको सङ्ख्या पुग्यो ?

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर ९
7
0
सहिदको सङ्ख्या पुग्यो ?
सारांश
सहिदको सङ्ख्या पुग्यो ? अनेकन तर्कले सहिदको परिभाषा फरक फरक होला तर सामान्यतया सहिद भन्नाले आफ्ना हक-अधिकारका निमित्त जीवन , दर्शनको बलिदान दिने स्वतन...

सहिदको सङ्ख्या पुग्यो ?

अनेकन तर्कले सहिदको परिभाषा फरक फरक होला तर सामान्यतया सहिद भन्नाले आफ्ना हक-अधिकारका निमित्त जीवन, दर्शनको बलिदान दिने स्वतन्त्रताका सेनानी भन्न सकिन्छ। अर्को अर्थमा भन्नू पर्दा आफ्नो राज्य,धर्मको सुरक्षाका हेतु बाह्य शक्ति सङ्ग लड्दै वीरगति प्राप्त गर्नेहरूलाई पनि सहिद भन्न सकिन्छ। बलिदानले मात्रै कुनै पनि राज्य सङ्गठनमा सकारात्मक प्रभाव पर्न जान्छ।संसारभरिका अनेकौँ राज्यमा भिन्न प्रकारका परिवर्तनका ज्वालाहरू दन्किरहेका हुन्छन् र समय अनुसार पुरानो नीति नियम परिवर्तनको माग संसार भरी भइनै रहेको हुन्छ। स्कुल शिक्षा लिइरहँदा नेपालमा मैले बुझे जति ४ सहिदको नाम लिइन्थ्यो। शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ यत्ति थाहा थियो तर नेपालको प्रथम सहिद भनेर लखन थापा सम्म सामान्य ज्ञान सबैलाई हुन्थ्यो।यिनीहरूले सामन्ती शासन विरुद्ध प्रजातन्त्रका निमित्त आवाज उठाएर वीरगति प्राप्त गरे।देशको राजनैतिक व्यवस्था फेरिनुमा उहाँहरू कै मुख्य भूमिका रहेको छ भन्ने बुजिन्छ।तर पचासौँ वर्ष देखि व्यवस्था परिवर्तनका नाममा कैयन सहिदहरु जन्मिरहेका छन्। वि.स २००७ २०४६, २०६२-६३ को जनआन्दोलनमा इत्यादि अन्य कयौँ आन्दोलनमा सहिद भए।हालसालै भएको जेन्जी विद्रोह सम्म पुग्दा पचासौँ जना सहिद भए।हाल सम्म नेपालमा आधिकारिक मात्रै १० हजार भन्दा बढी सहिद छन्। अब प्रश्न छ देशले निकास कहिले पाउने ? हर कोही सहिदको रगत पसिनामा टेकेर सत्तासीन भएका छन्। चाहे प्रजातान्त्रिक पार्टीका हुन या कम्युनिस्ट विचारधाराका नेतृत्व पङ्क्तिहरू सबैका आ-आफ्ना दार्शनिक मान्यता होलान् तर राज्यको नेतृत्व सम्म पुग्नका लागि सहिदको रगत पसिना मात्रै बगाएर गएका छन्। त्यहाँ गइसकेपछि सत्ताको मोहमा फस्ने आफ्ना उद्देश्य,विचारहरू पर राख्ने काम हिजो पनि भएकै थियो आज पनि हुदैछ। देशको निकासको आफू नै अन्तिम विकल्प हु भनेर फुइ लाउँदै एकले सरकार ढाल्ने अर्काले सरकारमा बस्ने प्रवृत्ति आजको समस्या होइन। नेतृत्वले समय अनुसार परिवर्तन भइरहने राज्य र जनताको मागलाई मध्यनजर गरेर अघि बढ्नु पर्छ। नेतृत्वले जनताको प्रश्न स्वीकार गर्न सक्नुपर्छ। नेतृत्वले तार्किक क्षमता दर्साउनु भन्दा पनि सही र सतही जबाफदेही हुनपर्छ। यी यावत कुराहरू भइरहे देश समाज आफू क्रमिक रूपमा विकास हुँदै गर्ला तर विद्रोहको बाटो निम्त्याउँदैन।त्यस कारण परिवर्तनका लागि विद्रोह नहोस् गर्न नपरोस् अब कोही सहिद नहुन कसैका काख नरितिउन कसैको सिउँदो नपुछियोस्। पशुपतिनाथले राज्य, नेतृत्व र जनता सबैको सद्बुद्धि ल्याउन धन्यवाद ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार