मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा

admin
admin
3 दिन अगाडि
80
40
सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा
सारांश

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका उम्मेदवार किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिँदै गगनकुमार थापालाई समर्थन गर्ने घोषणा गरेका छन...

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका उम्मेदवार किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिँदै गगनकुमार थापालाई समर्थन गर्ने घोषणा गरेका छन्।

बुधबार पत्रकार सम्मेलन गर्दै राठौरले थापालाई सभापतिमा समर्थन गर्ने घोषणा गरेका हुन्। उनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा उम्मेदवारीसमेत फिर्ता लिएका छन्।

यसअघि मंगलबार कांग्रेस सभापतिका लागि गगन थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरले उम्मेदवारी दर्ता गरेका थिए। राठौरको उम्मेदवारी फिर्तापछि अब सभापति पदमा थापा र खड्गीबीच प्रतिस्पर्धा रहनेछ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार