मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

साइबेरियामा प्लेगको आशंका, ट्रम्पद्वारा रुसलाई सहयोग गर्ने प्रस्ताव

admin
admin
3 दिन अगाडि
7
0
 साइबेरियामा प्लेगको आशंका, ट्रम्पद्वारा रुसलाई सहयोग गर्ने प्रस्ताव
सारांश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साइबेरियास्थित प्लेग अनुसन्धान संस्थानकी एक प्रयोगशाला कर्मचारीको मृत्युको घटनापछि रुसलाई आवश्यक सहयोग ग...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साइबेरियास्थित प्लेग अनुसन्धान संस्थानकी एक प्रयोगशाला कर्मचारीको मृत्युको घटनापछि रुसलाई आवश्यक सहयोग गर्न अमेरिका तयार रहेको बताएका छन्। उनले आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग यस विषयमा प्रत्यक्ष कुराकानी नगरेको पनि बताएका छन्।

इर्कुत्स्कस्थित एन्टि–प्लेग अनुसन्धान संस्थानमा कार्यरत २८ वर्षीया प्रयोगशाला प्राविधिक दार्या सिपिलोभाको अक्टोबर २ मा मृत्यु भएपछि सम्भावित न्युमोनिक प्लेगको आशंका सार्वजनिक भएको हो। केही रिपोर्टमा प्रयोगशालामा प्लेगको जीवाणुसँग सम्पर्क भएको हुनसक्ने दाबी गरिए पनि यसको पुष्टि भएको छैन।

रुसी जनस्वास्थ्य निकाय रोस्पोट्रेब्नाडजोरले भने सिपिलोभाको मृत्यु ‘अज्ञात कारणको निमोनिया’ बाट भएको जनाएको छ। परीक्षणमा उनको मृत्यु र प्रयोगशालामा रहेको जीवाणुबीच सम्बन्ध देखिएको छैन र संस्थानमा कुनै जैविक दुर्घटना भएको प्रमाणसमेत नभेटिएको रुसी अधिकारीहरूको भनाइ छ।

सावधानीका रूपमा उनको सम्पर्कमा आएका करिब २०० जनालाई चिकित्सकीय निगरानीमा राखिएको छ। हालसम्म उनीहरूमा प्लेग संक्रमण पुष्टि भएको छैन। विश्व स्वास्थ्य संगठनले पनि सर्वसाधारणका लागि तत्कालको सार्वजनिक स्वास्थ्य जोखिम न्यून रहेको जनाएको छ।

न्युमोनिक प्लेग गम्भीर संक्रामक रोग भए पनि समयमै पहिचान र उपचार भए एन्टिबायोटिकबाट उपचार गर्न सकिन्छ। अहिले मुख्य विषय सिपिलोभाको मृत्युको वास्तविक कारण र सम्भावित संक्रमणसँग त्यसको सम्बन्धबारे थप परीक्षण तथा अनुसन्धान रहेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार