मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

रवि लामिछानेको अभियोग संशोधनविरुद्धको रिट सुनुवाइमा, न्यायाधीश मुसलमानको इजलासमा पेश

स
समाचार कक्ष
२०२६ जनवरी २०
7
0
रवि लामिछानेको अभियोग संशोधनविरुद्धको रिट सुनुवाइमा, न्यायाधीश मुसलमानको इजलासमा पेश
सारांश
काठमाडौं, माघ ६ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध गरिएको अभियोग संशोधनको विरोधमा दायर रिट निवेद...

काठमाडौं, माघ ६ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध गरिएको अभियोग संशोधनको विरोधमा दायर रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश अब्दुर अजीज मुसलमानको इजलासमा परेको छ। सर्वोच्च अदालतको ‘ग’ नम्बर इजलासमा यससम्बन्धी पेशी तोकिएको हो।

लामिछानेमाथि लगाइएको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी अभियोग महान्यायाधीवक्ता कार्यालयले यसअघि संशोधन गरेको थियो। केपी शर्मा ओली नेतृत्वको सरकारका बेला सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएपछि रास्वपाले यसलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै आएको छ।

हाल भने महान्यायाधीवक्ता कार्यालयले सहकारी ठगी प्रकरणमा लामिछानेसहित अन्य प्रतिवादीविरुद्ध दायर गरिएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अभियोग संशोधन गर्दै फिर्ता लिएको छ, जसविरुद्ध रिट दायर भएको हो।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार