मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

राष्ट्रसंघमा बालेनः ७२ घण्टामा क्षेप्यास्त्र र राइफल पुग्ने विश्वमा किसानलाई मल र इन्धन किन पुग्दैन?

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २५
5
0
राष्ट्रसंघमा बालेनः ७२ घण्टामा क्षेप्यास्त्र र राइफल पुग्ने विश्वमा किसानलाई मल र इन्धन किन पुग्दैन?
सारांश
प्रधानमन्त्री बालेन शाहले विश्वव्यापी विभेदबारे निकै ओझपूर्ण अभिव्यक्ति दिएका छन्। विकसित देशहरुको यो शैलीप्रति गम्भीर प्रश्न उठाएका छन्। राष्ट्...

प्रधानमन्त्री बालेन शाहले विश्वव्यापी विभेदबारे निकै ओझपूर्ण अभिव्यक्ति दिएका छन्। विकसित देशहरुको यो शैलीप्रति गम्भीर प्रश्न उठाएका छन्।

राष्ट्रसंघको ८१ औँ महासभालाई शुक्रबार बिहान सम्बोधन गरेका हुन्।

'अन्तरमहादेशीय क्षेप्यास्त्र र राइफल तथा गोलाबारुद ७२ घण्टाभित्र तोकिएको समयमा विश्वको जुनसुकै ठाउँमा पुग्ने संयन्त्र बनाउने विश्व नेपालका किसानका लागि मल र इन्धन अपूर्तिमा भने कमजोर छ', बालेनले राष्ट्रसंघ महासभामा भने, 'हामीले युद्धका लागि त्रुटिरहित रसद प्रणाली र खाद्यान्नका लागि भताभुङ्ग प्रणाली भएको संसार बनाएका छोँ।’

भुक्तानी गर्नसक्ने देशले आवश्यक वस्तु किन्न पाउनुपर्ने उनले बताए।

सम्बोधनमा उनले मुख्य ४ कुरा उल्लेख गरेका थिए। विकास र लोकतन्त्र उनको सम्बोधनमा परेका छन्।

'म यहाँ विकास, लोकतन्त्र, शान्ति र युवा देशको आशाका बारेमा कुरा गर्न उपस्थित छु', उनले भने।

राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताह अन्तर्गत उनले सम्बोधन गरेका हुन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार