मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

रसुवा बाढीबारे संसद्लाई जानकारी दिँदै सरकार

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २
7
0
रसुवा बाढीबारे संसद्लाई जानकारी दिँदै सरकार
सारांश
रसुवामा भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको धनजनको क्षति तथा सरकारले गरिरहेको खोजी, उद्धार, राहत र पुनःस्थापनाको तयारीबारे सरकारले आज ...

रसुवामा भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको धनजनको क्षति तथा सरकारले गरिरहेको खोजी, उद्धार, राहत र पुनःस्थापनाको तयारीबारे सरकारले आज प्रतिनिधिसभालाई जानकारी गराउने भएको छ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ। बैठकमा सरकारका तर्फबाट एक जना मन्त्रीले बाढीको अवस्था र सरकारका पछिल्ला कामबारे जानकारी गराउने तयारी छ। भने, कुन मन्त्रीले सम्बोधन गर्ने भन्ने अझै तय भएको छैन।

बैठकमा सभामुखले रसुवा बाढीसम्बन्धी विशेष प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यक्रम छ। त्यसअघि विभिन्न राजनीतिक दलका नेताहरूले बाढीबाट भएको क्षति, उद्धार र राहतका विषयमा संसद्मा धारणा राख्नेछन्।

भदौ १० गते आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी, बेत्रावतीदेखि नुवाकोटको त्रिशूली बजार र देवीघाटसम्मका क्षेत्र प्रभावित भएका छन्। धादिङ, चितवन र गोरखाका त्रिशूली नदी तटीय क्षेत्रसमेत बाढीबाट प्रभावित भएका छन्।

बाढीमा परी एक हजारभन्दा बढीको शव फेला परिसकेको छ भने स्वदेशी तथा विदेशी नागरिकहरू अझै बेपत्ता छन्। यसैबीच, मंगलबार राष्ट्रिय सभाले पनि रसुवा बाढीबारे विशेष प्रस्ताव पारित गरिसकेको छ।


साझा गर्नुहोस्:

सम्बन्धित समाचार