मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

राप्रपा उपाध्यक्ष विक्रम पाण्डेमाथि ८ दिन म्याद थप, ठेक्का अनियमितता प्रकरणमा अनुसन्धान तीव्र

स
समाचार कक्ष
२०२६ अप्रिल २८
7
0
राप्रपा उपाध्यक्ष विक्रम पाण्डेमाथि ८ दिन म्याद थप, ठेक्का अनियमितता प्रकरणमा अनुसन्धान तीव्र
सारांश
काठमाडौं, १५ वैशाख । ठेक्कापट्टामा अनियमितता गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष तथा निर्माण व्यवसायी विक्रम...

काठमाडौं, १५ वैशाख । ठेक्कापट्टामा अनियमितता गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष तथा निर्माण व्यवसायी विक्रम पाण्डेमाथि थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौंले पाण्डेलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्ने अनुमति दिएको हो। उनी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) द्वारा गत शुक्रबार पक्राउ परेका थिए।

कालीका कन्स्ट्रक्सनका सञ्चालकसमेत रहेका पाण्डेसहित हालसम्म यस प्रकरणमा १३ जना पक्राउ परिसकेका छन्। पक्राउ परेकामध्ये ७ जना निर्माण व्यवसायी रहेको प्रहरीले जनाएको छ।

सीआईबीका अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइन प्रणाली (ई-बिडिङ) मा अनधिकृत पहुँच पुर्‍याई ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोप उनीहरूमाथि छ। आर्थिक प्रस्ताव खोलिनुअघि नै आफूअनुकूल विवरण संशोधन गरी ठेक्का प्राप्त गरेको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको हो।

यसै प्रकरणमा भिषण कन्स्ट्रक्सनका टंककुमार श्रेष्ठ र चपुर निर्माण सेवाका अमृत बोहरालाई पनि पक्राउ गरिएको छ।

प्रहरीले यो मुद्दा संगठित अपराध निवारण ऐन अन्तर्गत अनुसन्धान भइरहेको जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार