मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

रुपन्देहीमा मोटरसाइकल–ट्रक ठक्कर : २१ वर्षीय युवकको मृत्यु

स
समाचार कक्ष
२०२६ मार्च २४
6
0
रुपन्देहीमा मोटरसाइकल–ट्रक ठक्कर : २१ वर्षीय युवकको मृत्यु
सारांश
बुटवल - रुपन्देही को तिलोत्तमा नगरपालिका-१५ कोटिहवा मा आज बिहान भएको सवारी दुर्घटनामा २१ वर्षीय एक युवकको ज्यान गएको छ। राजमार्ग सुरक्षा तथा ट्र...

बुटवल - रुपन्देहीको तिलोत्तमा नगरपालिका-१५ कोटिहवामा आज बिहान भएको सवारी दुर्घटनामा २१ वर्षीय एक युवकको ज्यान गएको छ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार मृतक उमेश गुप्ता बुटवल उपमहानगरपालिका-६, पुरानो बसपार्क बस्ने युवक हुन्। दुर्घटना भैरहवादेखि बुटवल तर्फ आउँदै गरेको ना ६ ख ३४३० नम्बरको ट्रकले गुप्ता सवार मधेश प्रदेश ०३-०२९ प ५०७६ नम्बरको बुलेट मोटरसाइकललाई ठक्कर दिँदा भएको हो।

घाइते भएका गुप्तालाई उद्धार गरी क्रिमसन अस्पताल, मणिग्राम लगिएको थियो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनामा संलग्न ट्रक चालक, सप्तरी जिल्ला सुरुङ्गा–१ का २९ वर्षीय मुकेश कुमार चौधरीलाई नियन्त्रणमा लिइएको छ र प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार