मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

राजावादी प्रदर्शनका लागि ५० लाखलाई एसएमएस पठाएको आरोपमा निर्देश सेढाईं पक्राउ

स
समाचार कक्ष
२०२६ जनवरी १४
4
0
राजावादी प्रदर्शनका लागि ५० लाखलाई एसएमएस पठाएको आरोपमा निर्देश सेढाईं पक्राउ
सारांश
३० पुस, काठमाडौं । राजावादी प्रदर्शनमा सहभागी हुन आह्वान गर्दै ठूलो संख्यामा एसएमएस पठाएको आरोपमा निर्देश सेढाईं पक्राउ परेका छन् । काठमाडौं उपत्यका अ...

३० पुस, काठमाडौं । राजावादी प्रदर्शनमा सहभागी हुन आह्वान गर्दै ठूलो संख्यामा एसएमएस पठाएको आरोपमा निर्देश सेढाईं पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार सेढाईंले एकैपटक करिब ५० लाख व्यक्तिलाई राजावादी प्रदर्शनमा आउन आग्रह गर्दै एसएमएस पठाएका थिए । अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार नेपाल टेलिकमको गेटवे प्रयोग गरी ‘एटी अलर्ट’को नाममा ती सन्देशहरू पठाइएको पाइएको छ ।

प्रहरीले सेढाईंले यसका लागि दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूसँग सम्झौता गरेको र तीमध्ये दुई कम्पनीको सेवा प्रयोग गरी करिब एक करोड रुपैयाँ खर्च गरेर एसएमएस पठाएको दाबी गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनले आफैंले उक्त खर्च गरेको स्वीकार गरेको बताइएको छ ।

चितवनका स्थायी बासिन्दा सेढाईं पेशाले कार व्यवसायी रहेको र उनको स्वामित्वमा पेट्रोल पम्पसमेत रहेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको र एसएमएस पठाउने प्रक्रिया तथा कानुनी पक्षबारे विस्तृत छानबिन गरिने प्रहरीले जनाएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार