मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

‘प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने कारण छैन’ : हर्क साम्पाङलाई ज्ञानेन्द्र शाहीको जवाफ

स
समाचार कक्ष
२०२६ मे १५
5
0
‘प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने कारण छैन’ : हर्क साम्पाङलाई ज्ञानेन्द्र शाहीको जवाफ
सारांश
काठमाडौं । ज्ञानेन्द्र शाही ले हर्क साम्पाङ लाई प्रधानमन्त्रीको राजीनामा माग गर्नु उपयुक्त नभएको बताएका छन् । साम्पाङले चार बुँदे कारण प्रस्तुत गर्दै ...

काठमाडौं । ज्ञानेन्द्र शाहीले हर्क साम्पाङलाई प्रधानमन्त्रीको राजीनामा माग गर्नु उपयुक्त नभएको बताएका छन् । साम्पाङले चार बुँदे कारण प्रस्तुत गर्दै प्रधानमन्त्रीको राजीनामा माग गरेपछि शाहीले सार्वजनिक रूपमा प्रतिक्रिया दिएका हुन् ।

शाहीले सामाजिक सञ्जालमार्फत हर्क साम्पाङलाई सम्बोधन गर्दै वर्तमान सरकारविरुद्ध राजीनामाको माग गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । उनले विगत ३५ वर्षसम्म देशमा भ्रष्टाचार र लुटतन्त्र चलाएको शक्तिविरुद्ध जनताले मतदानमार्फत अहिलेको नेतृत्वलाई समर्थन गरेको दाबी गरे ।

उनले जनताको मत र जनादेशको सम्मान गर्नुपर्ने उल्लेख गर्दै सबै राजनीतिक शक्ति मिलेर देशलाई सही दिशामा अघि बढाउन आवश्यक रहेको धारणा राखे ।

शाहीले प्रधानमन्त्री लोकतान्त्रिक र संसद्प्रति उत्तरदायी बन्नुपर्नेमा जोड दिएका छन् । संसद् जनताको आवाज उठाउने सर्वोच्च लोकतान्त्रिक मञ्च भएकाले सरकार संसद्प्रति जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार