मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

प्रधानमन्त्री वालेन्द्र शाह आज अमेरिका जाँदै

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २२
5
0
प्रधानमन्त्री वालेन्द्र शाह आज अमेरिका जाँदै
सारांश
प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन्। परराष्ट्र मन्त्रालयका अनुसार प्रधा...


प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन्। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभाको उच्चस्तरीय General Debate लाई सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री शाहको यो पद सम्हालेपछिको पहिलो विदेश भ्रमण हो। उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क जानेछन्। टोलीमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर रायलगायत सरकारी अधिकारी सहभागी हुनेछन्।

महासभामा प्रधानमन्त्री शाहले भोटेकोशी बाढीबाट नेपालमा परेको प्रभाव, जलवायु परिवर्तन, जलवायु न्याय तथा हिमाली मुलुकका समस्यालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउने तयारी गरेका छन्। विशेषगरी जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर ठूलो रहेको विषयमा नेपालको धारणा प्रस्तुत गर्ने बताइएको छ।

न्युयोर्कमा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। अन्य द्विपक्षीय भेटवार्ताको भने औपचारिक कार्यसूची नरहेको बताइएको छ।

परराष्ट्रमन्त्री शिशिर खनाल यसअघि नै न्युयोर्क पुगिसकेका छन्। उनले महासभाको उच्चस्तरीय बैठकसँगै विभिन्न साइड इभेन्ट तथा मन्त्रीस्तरीय छलफलमा नेपालको प्रतिनिधित्व गर्नेछन्। नेपालले हिमालदेखि समुद्रसम्म जलवायु परिवर्तनका प्रभावलाई केन्द्रमा राखेर कार्यक्रमसमेत आयोजना गर्दैछ।

प्रधानमन्त्री शाह सेप्टेम्बर २६ मा नेपाल फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार