मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

प्रतिनिधिसभामा ‘कम्युनिस्ट भाष्य’ शब्दप्रति आपत्ति

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २३
6
0
प्रतिनिधिसभामा ‘कम्युनिस्ट भाष्य’ शब्दप्रति आपत्ति
सारांश
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले प्रयोग गरेको ‘कम्युनिस्ट भाष्य’ शब्दप्रति आपत्ति जनाइएको...

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले प्रयोग गरेको ‘कम्युनिस्ट भाष्य’ शब्दप्रति आपत्ति जनाइएको छ।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद प्रसाईंले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको महासभामा गर्ने सम्बोधनबारे सुझाव दिएका थिए।

जलवायु न्याय र क्षतिपूर्तिको विषय उठाउँदा नम्र, शालीन तथा विज्ञान र तथ्यमा आधारित भएर प्रस्तुत हुनुपर्ने बताउँदै उनले प्रधानमन्त्रीको सम्बोधन विश्व समुदायमा सहानुभूति जगाउनेतर्फ केन्द्रित हुनुपर्ने धारणा राखेका थिए।

यस क्रममा उनले विगतका सम्बोधनलाई संकेत गर्दै ‘कम्युनिस्ट भाष्य’ भन्ने शब्द प्रयोग गरेका थिए।

प्रसाईंको उक्त अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती विकले नियमापत्ति जनाइन्। उनले राजनीतिक विचार राख्न पाउने अधिकार संविधानले सुनिश्चित गरेको भन्दै ‘कम्युनिस्ट भाष्य’ शब्द अपमानजनक रूपमा प्रयोग गरिएको बताइन्।

सांसद विकले उक्त शब्द संसद्को रेकर्डबाट हटाउन माग गरिन्।


साझा गर्नुहोस्:

सम्बन्धित समाचार