मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

प्रतिनिधिसभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २३
5
0
प्रतिनिधिसभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश
सारांश
काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ पेश भएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल ले विधेयक सदनमा पेश गरेका ...


काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ पेश भएको छ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विधेयक सदनमा पेश गरेका हुन्। विधेयक पेश गर्न अनुमति माग्दै राखिएको प्रस्तावमाथि कुनै सदस्यले विरोधको सूचना नदिएपछि सभामुखले विधेयक पेश गर्न अनुमति दिएका थिए।

विधेयक पेश गर्दै मन्त्री लम्सालले फोहोरमैला उत्पादनदेखि संकलन, विसर्जन र व्यवस्थापनसम्म संघ, प्रदेश र स्थानीय तहको भूमिका तथा जिम्मेवारी स्पष्ट गर्नुपर्ने आवश्यकता रहेको बताए।

तीन तहका सरकारबीच समन्वय र सहकार्य बढाएर स्वच्छ तथा स्वस्थ वातावरण निर्माण गर्न विधेयक आवश्यक रहेको उनको भनाइ छ।

फोहोरमैलाका कारण मानव स्वास्थ्य र वातावरणमा पर्ने नकारात्मक असर कम गर्नु विधेयकको मुख्य उद्देश्य रहेको मन्त्री लम्सालले बताए।

त्यस्तै, फोहोरलाई प्रशोधन गरी पुनः प्रयोग र स्रोतका रूपमा उपयोग गर्ने चक्रीय अर्थतन्त्रको अवधारणालाई अघि बढाउन आवश्यक कानुनी व्यवस्था गर्ने लक्ष्य पनि विधेयकले लिएको छ।


साझा गर्नुहोस्:

सम्बन्धित समाचार