मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

प्रचण्डलाई नेकपा संसदीय दलको नेतृत्व: बैठकबाट सर्वसम्मत चयन

स
समाचार कक्ष
२०२६ मार्च २९
8
0
प्रचण्डलाई नेकपा संसदीय दलको नेतृत्व: बैठकबाट सर्वसम्मत चयन
सारांश
काठमाडौं, १५ चैत – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गरिएको छ। आइतबार बसेको संसदीय दलको बैठकल...

काठमाडौं, १५ चैत – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गरिएको छ।

आइतबार बसेको संसदीय दलको बैठकले प्रचण्डलाई उक्त जिम्मेवारी सुम्पिएको नेकपाका सांसद रमेश मल्लले जानकारी दिएका छन्।

हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाले उल्लेखनीय उपस्थिति जनाएको थियो। पार्टीले प्रत्यक्षतर्फ ८ सिट तथा समानुपातिकतर्फ ९ सिट जित्दै संसदमा आफ्नो स्थान मजबुत बनाएको छ।

यससँगै, पार्टीको संसदीय गतिविधि र रणनीतिक नेतृत्व अब प्रचण्डको नेतृत्वमा अगाडि बढ्ने अपेक्षा गरिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार