मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

पोखरामा कोविड संक्रमणबाट ७० वर्षीया वृद्धाको मृत्यु, स्वास्थ्यकर्मी सतर्क

स
समाचार कक्ष
२०२५ जुलाई २२
5
0
पोखरामा कोविड संक्रमणबाट ७० वर्षीया वृद्धाको मृत्यु, स्वास्थ्यकर्मी सतर्क
सारांश
पोखरा, साउन ५ — पोखरामा एक ७० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार स्वासप्रश्वासमा गम्भीर समस्या...

पोखरा, साउन ५ — पोखरामा एक ७० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार स्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि असार २५ गते चरक अस्पतालमा भर्ना गरिएकी महिलाको साउन ४ गते उपचारका क्रममा निधन भएको हो।

महानिर्देशक खिमबहादुर खड्काका अनुसार ती महिलालाई पहिलेबाटै उच्च रक्तचाप र मधुमेहको समस्या थियो। अस्पतालमा भर्ना भएपछि गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो।

हालै भारतमा कोरोना संक्रमणको दर तीव्र रूपमा बढ्दै गएको पृष्ठभूमिमा नेपालमा पनि असर देखिन थालेको स्वास्थ्यकर्मीहरूले बताएका छन्। सरसफाइ र सावधानीको आवश्यकता फेरि एकपटक बढेको उनीहरूको चेतावनी छ।

स्वास्थ्य अधिकारीहरूले कोरोना संक्रमणविरुद्धको सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्, विशेषतः वृद्धवृद्धा र पुराना रोगीहरूलाई अतिरिक्त सावधानी अपनाउन अनुरोध गरिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार