मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

पाकिस्तान–अफगान तनाव चुलियो: रक्षामन्त्री आसिफको ‘खुला युद्ध’ घोषणा, काबुल–कन्धारमा विस्फोटको श्रृंखला

स
समाचार कक्ष
२०२६ फेब्रुअरी २७
7
0
पाकिस्तान–अफगान तनाव चुलियो: रक्षामन्त्री आसिफको ‘खुला युद्ध’ घोषणा, काबुल–कन्धारमा विस्फोटको श्रृंखला
सारांश
काठमाडौं, १५ फागुन - पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले अफगान तालिवानविरुद्ध ‘खुला युद्ध’को घोषणा गरेका छन्। सामाजिक सञ्जाल एक्समार्फत् उनले अफगान...

काठमाडौं, १५ फागुन - पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले अफगान तालिवानविरुद्ध ‘खुला युद्ध’को घोषणा गरेका छन्। सामाजिक सञ्जाल एक्समार्फत् उनले अफगानिस्तानमा आतंकवादी तत्वलाई आश्रय दिएको आरोप लगाउँदै पाकिस्तानको धैर्य समाप्त भएको चेतावनी दिएका हुन्।

पाकिस्तानी पक्षले सैन्य कारबाहीमा १३३ तालिवान सदस्य मारिएको र करिब २०० घाइते भएको दाबी गरेको छ, तर यसको स्वतन्त्र पुष्टि भएको छैन।

यता, तालिवान प्रवक्ता जबिहुल्लाह मुजाहिदले काबुल, पक्तिका र कन्धारका केही स्थानमा पाकिस्तानले बमबारी गरेको पुष्टि गरेका छन्। अफगान पक्षले पनि जवाफी कारबाही जारी रहेको जनाएको छ।

दुवै देशबीच तनाव बढ्दै गएको छ, यद्यपि गत अक्टोबरमा युद्धविरामका लागि सहमति भएको थियो।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार