मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २७
5
0
पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध
सारांश
चितवन — लगातार वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहान ७ः५५ बज...

चितवन — लगातार वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहान ७ः५५ बजे पहिरो खसेको हो। पहिरो हटाउन करिब दुई घण्टा लाग्ने अनुमान छ।

यस्तै, मुग्लिन–पोखरा सडकखण्डको चुनपहरा, बिरौटा र घाँसीकुवामा पनि पहिरो खसेको छ। ती पहिरो हटाउन दिनभर लाग्ने सडक विभागले जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार