मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

पिंगलास्थानमा प्रहरी-लागुऔषध कारोबारी भिडन्त: गोली चल्यो, अनिलकुमार पासवान घाइते”

स
समाचार कक्ष
२०२६ अप्रिल ७
6
0
पिंगलास्थानमा प्रहरी-लागुऔषध कारोबारी भिडन्त: गोली चल्यो, अनिलकुमार पासवान घाइते”
सारांश
काठमाडौँ - लागुऔषध कारोबार नियन्त्रणका क्रममा पिंगलास्थानमा प्रहरी र कारोबारीबीच गोली चलेको घटनामा भारतीय नागरिक अनिलकुमार पासवान घाइते भएका छन्। प्रह...

काठमाडौँ - लागुऔषध कारोबार नियन्त्रणका क्रममा पिंगलास्थानमा प्रहरी र कारोबारीबीच गोली चलेको घटनामा भारतीय नागरिक अनिलकुमार पासवान घाइते भएका छन्। प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार सोही घटनामा २ जनालाई नियन्त्रणमा लिइएको छ।

ब्यूरो प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाका अनुसार केही दिनअघि पक्राउ परेका कृष्णकुमार साह र रामबहादुर भुजेलको बयानका आधारमा पिंगलास्थानस्थित एक होटलमा भारतीय नागरिकहरूले ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध भित्र्याउने सूचना प्राप्त भएको थियो।

सोही सूचना अनुसार पुगेको प्रहरीले आरोपीहरूलाई नियन्त्रण गर्न खोज्दा उनीहरूले उल्टै प्रहरीमाथि धक्कामुक्की र कुटपिट गर्न थाले। त्यस क्रममा प्रहरीले आत्मरक्षाका लागि घुँडामुनी गोली चलाएको एसएसपी कोइरालाले बताए।

घटना क्रममा मुख्य कारोबारी अनिलकुमार पासवानको खुट्टामा गोली लागेको थियो। उनको स्थिति अहिले खतरामुक्त रहेको जानकारी प्रहरीले दिएको छ। साथै, उनका सवारी चालक महम्मद हसनलाई पनि नियन्त्रणमा लिइएको छ।

पक्राउ परेकाहरूलाई लागुऔषध मुद्दामा म्याद थपेर थप अनुसन्धान अघि बढाइने तयारी भइरहेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार