रास्वपा सभापति रवि लामिछानेले संसदमा भने, "सोच्दा मात्र पनि मुटु काम्छ, आङ सिरिङ्ग हुन्छ - भोग्नेलाई कस्तो भएको होला ! यस्तो अकल्पनीय विध्वंसमा सर्वस्व गुमाएका र मृ'त्युसँग पैठजोरी खेलिरहेकाबाट राज्यमाथि आक्रोश पोखिनु एकदमै स्वभाविक हो । आफन्तको श्वास खोजिरहेका ति आत्तिएका आँखालाई प्राकृतिक विध्वंसको आयतन कति विशाल छ भनेर नाप्नी फुर्सद हुँदैन । सरकारले देशमा उपलब्ध सम्पूर्ण श्रोतसाधान परिचालन गरेको छ कि छैन ? हाम्रा सेना र प्रहरी जवान ज्यानै हत्केलामा राखेर त्यो मृ'त्यु सुरुङ्गको कति गहिराइसम्म पुगेका छन् - यी तथ्यहरुले उनीहरुलाई सान्त्वना दिदैनन् । उनीहरूलाई त केवल एउटा कुरा चाहिएको छ - मेरो प्रियजनको श्वास बाँकी छदै राज्य त्यहाँ पुगिदियोस, उद्धार गरिदियोस । यो आशा निरासामा बदलिदा उत्पन्न हुने आक्रोश उनीहरुको नैशर्गिक अधिकार हो । जब मानिस गहिरो चोटमा पर्छ, जब उसले अप्रत्याशित शोक बोक्छ, उसले भगवानलाई त सराप्छ भने यो सरकार के हो, रास्वपा के हो ! नागरिकको त्यो आक्रोशलाई हामीले हाम्रो विरुद्धको प्रहार होइन - हामीप्रतिको अपेक्षा, राज्य गुहार्ने अन्तिम चित्कारको रुपमा बुझ्नुपर्छ । त्यो आक्रोश सुन्ने, सहने र उनीहरुको आँसु पुछ्ने फराकिलो छाति नै आजको साँचो राज्यसत्ता हो । अनि उनीहरुको अवस्था र मनोस्थितिलाई सहानुभूतिका साथ महसुस गर्नु हाम्रो दायित्व हो ।"
पीडितको आक्रोश स्वाभाविक हो : रास्वपा सभापति रवि लामिछाने
स
२०२६ सेप्टेम्बर १०
7
0

सारांश
रास्वपा सभापति रवि लामिछानेले संसदमा भने, "सोच्दा मात्र पनि मुटु काम्छ, आङ सिरिङ्ग हुन्छ - भोग्नेलाई कस्तो भएको होला ! यस्तो अकल्पनीय विध्वंसमा सर्वस्...




