मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

ओलीद्वारा ७० वर्षे उमेर हदको प्रस्ताव आफैंले ल्याएको दाबी

स
समाचार कक्ष
२०२५ जुलाई २१
4
0
ओलीद्वारा ७० वर्षे उमेर हदको प्रस्ताव आफैंले ल्याएको दाबी
सारांश
काठमाडौं — सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा ७० वर्षे उमेर हदको विषय आफैँले नै अघि सारेको बताएका छन्। सोमबार च्यासलस्थित पार...

काठमाडौं — सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा ७० वर्षे उमेर हदको विषय आफैँले नै अघि सारेको बताएका छन्।

सोमबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा ओलीले ८ औं महाधिवेशनमा नै पार्टीलाई लोकतान्त्रिकरण गर्ने उद्देश्यले उक्त प्रस्ताव आफूले प्रस्तुत गरेको बताएका हुन्।

उनले भने, “७० वर्ष, त्यो सन्दर्भमा हामी आफैँले गरेको हौँ। ८ औं महाधिवेशनमा मैले यो प्रस्ताव पेस गरेको थिएँ। लोकतान्त्रिक हुनका लागि मैले नै नेतृत्व गरेको हुँ।”

ओलीले थपे, “आन्तरिक पार्टी जीवनलाई लोकतान्त्रिक बनाएर साझा निर्णयमार्फत ८ औं महाधिवेशनमा यो प्रक्रिया अगाडि बढाइयो।”

साझा गर्नुहोस्:

सम्बन्धित समाचार