मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

नयाँ प्रणालीका कारण राहदानी सेवा प्रभावित हुने संकेत, १-३ हप्तासम्म वितरण बन्द हुन सक्ने

स
समाचार कक्ष
२०२६ मार्च १३
6
0
नयाँ प्रणालीका कारण राहदानी सेवा प्रभावित हुने संकेत, १-३ हप्तासम्म वितरण बन्द हुन सक्ने
सारांश
काठमाडौं, २९ फागुन - परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले नयाँ प्रविधि प्रणाली लागू गर्ने तयारीसँगै केही समयका लागि राहदानी सेवा प्रभा...

काठमाडौं, २९ फागुन - परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले नयाँ प्रविधि प्रणाली लागू गर्ने तयारीसँगै केही समयका लागि राहदानी सेवा प्रभावित हुन सक्ने जनाएको छ। विभागका अनुसार पुरानो प्रणालीबाट नयाँ प्रणालीमा रूपान्तरण हुने क्रममा सेवा स्थिर नभएसम्म राहदानी वितरणमा अवरोध आउन सक्ने सम्भावना रहेको छ।

विभागले जारी गरेको सूचनामा अन्तरिम अवधिमा जिल्ला तथा इलाका प्रशासन कार्यालयहरू र विदेशस्थित नेपाली कूटनीतिक नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन हप्तासम्म बन्द हुन सक्ने उल्लेख गरिएको छ। त्यस्तै, राहदानी विभागबाट उपलब्ध गराइने सेवा करिब एक हप्तासम्म अवरुद्ध हुन सक्ने जनाइएको छ।

नयाँ प्रणाली कार्यान्वयनपछि प्रणाली पूर्ण रूपमा स्थिर हुन एकदेखि तीन महिनासम्म लाग्न सक्ने विभागको अनुमान छ। त्यस अवधिमा जिल्ला/इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोगबाट राहदानीका लागि आवेदन दिँदा पासपोर्ट तयार भई जारी हुन हालको तुलनामा बढी समय लाग्न सक्ने बताइएको छ।

विभागले आगामी छ महिनाभित्र (२०८३ असोजसम्म) राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई अन्तरिम अवस्था सुरु हुनु अघि नै सम्बन्धित जिल्ला वा इलाका प्रशासन कार्यालय, विदेशस्थित नेपाली नियोग वा राहदानी विभागमार्फत नियमअनुसार सेवा लिन आग्रह गरेको छ।

नयाँ प्रणाली लागू हुने मिति तथा त्यस अवधिमा अपनाइने व्यवस्थाबारे विभागले अर्को सूचना मार्फत जानकारी गराइने पनि जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार