मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

नयाँ नियम अनुसार आमाको नामबाट करिब ३ हजारले पाए नागरिकता

स
समाचार कक्ष
२०२६ मार्च २४
6
0
नयाँ नियम अनुसार आमाको नामबाट करिब ३ हजारले पाए नागरिकता
सारांश
काठमाडौं - नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको नामबाट करिब २ हजार ९४८ जनाले नेपाली नागरिकता प्राप्त गरेका छन्। गृह मन्त्रालय...

काठमाडौं - नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको नामबाट करिब २ हजार ९४८ जनाले नेपाली नागरिकता प्राप्त गरेका छन्। गृह मन्त्रालयका अनुसार, नयाँ नियमावलीले जन्मको आधारमा आमाबाट नागरिकता लिन चाहने नागरिकका लागि स्पष्ट मार्गनिर्देश दिएको छ।

चौथो पटक संशोधित नागरिकता नियमावली राजपत्रमा प्रकाशित भएको थियो। पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकले यसलाई स्वीकृत गरेको थियो। संशोधनले मूल नियमावली २०६३ का नियम ३, ५, ७, ८, १४ र १६ क सहित अनुसूचीहरूमा आवश्यक परिवर्तन गरेको छ।

नयाँ व्यवस्थाअनुसार, यदि जन्मको समयमा बाबु वा आमा मध्ये एकको नागरिकता छैन वा मृतक/अज्ञात छ भने, नेपाली आमाबाट जन्मिएका सन्तानले नागरिकता पाउन सक्ने भएका छन्। प्रमुख जिल्ला अधिकारीले आवश्यक छानबिन गरेर नागरिकता प्रदान गर्न सक्ने अधिकार पाएका छन्।

नागरिकता जारी गर्दा नियमावलीले तोकेका कागजातसँगै स्वघोषणालाई पनि कानूनी आधारको रूपमा मानिने व्यवस्था गरिएको छ। यसले पहिलाको जस्तो गृह मन्त्रालयको निर्णयमा मात्र निर्भर रहने प्रक्रिया हटाएको छ।

साथै संशोधनले नाबालक परिचयपत्र वितरण, वैवाहिक नागरिकता र विदेशी महिलाको नेपाल बसाइ अनुमति (भिसा) जस्ता विषयमा स्पष्ट कानुनी प्रावधान थपेको छ। यसले स्थानीय तहको भूमिका र जिम्मेवारीलाई पनि मजबुत बनाएको गृह मन्त्रालयले जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार