मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

निष्पक्ष सभामुखको खोजी: किसुनजीदेखि नेम्वाङसम्मका अभ्यास सम्झाउँदै अर्याललाई वाग्लेको सन्देश

स
समाचार कक्ष
२०२६ अप्रिल ५
8
0
निष्पक्ष सभामुखको खोजी: किसुनजीदेखि नेम्वाङसम्मका अभ्यास सम्झाउँदै अर्याललाई वाग्लेको सन्देश
सारांश
काठमाडौं - अर्थमन्त्री स्वर्णिम वाग्लेले नवनिर्वाचित सभामुख डिपी अर्याललाई विगतका सभामुखहरूले स्थापित गरेका सकारात्मक अभ्यासहरू सम्झँदै निष्पक्ष र सन्...

काठमाडौं - अर्थमन्त्री स्वर्णिम वाग्लेले नवनिर्वाचित सभामुख डिपी अर्याललाई विगतका सभामुखहरूले स्थापित गरेका सकारात्मक अभ्यासहरू सम्झँदै निष्पक्ष र सन्तुलित भूमिका निर्वाह गर्न सुझाव दिएका छन्।

सभामुखमा रवि लामिछानेले अर्यालको नाम प्रस्ताव गरेपछि समर्थन जनाउँदै रोष्टममा उभिएका वाग्लेले २०१५ सालको संसदतर्फ संकेत गर्दै तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराईले “संसद सबैको हो-सरकार सत्तापक्षको र सदन विपक्षीको पनि हो” भन्ने मान्यता स्थापित गरेको स्मरण गराए।

त्यसैगरी, उनले २०४८ सालका सभामुख दमननाथ ढुंगानाको निष्पक्ष र सन्तुलित भूमिकाको उदाहरण प्रस्तुत गरे। सो समयमा हुने सवाल-जवाफका क्रममा एमालेका सांसद विरोध खतिवडा बारम्बार विरोधमा उभिने र सभामुखले आफ्नो नाम ‘दमन’ भएकैले ‘दमन’ गरिरहने ठट्टापूर्ण जवाफ दिने प्रसंग पनि वाग्लेले सुनाए।

वाग्लेले सुवास नेम्वाङले सभामुख तथा संविधानसभाका अध्यक्षका रूपमा संक्रमणकालीन राजनीतिक अवस्थालाई सहज बनाउन महत्वपूर्ण समन्वयकारी र व्यवस्थापकीय भूमिका खेलेको उल्लेख गर्दै अर्याललाई पनि त्यस्तै जिम्मेवार र निष्पक्ष भूमिकामा उत्रिन आग्रह गरे।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार