मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २५
4
0
नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने
सारांश
निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द नै रहने भएको छ। चितवन जिल्ला र आसपासका क्षेत्रमा असोज ८ गतेदेखि निरन्तर वर्षा भइरहेक...

निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द नै रहने भएको छ।

चितवन जिल्ला र आसपासका क्षेत्रमा असोज ८ गतेदेखि निरन्तर वर्षा भइरहेको र सडकखण्डका विभिन्न स्थानमा लगातार पहिरो गइरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

पहिरो हटाउने काम जारी रहे पनि सडकमा जोखिम कायमै रहेकाले अर्को सूचना जारी नभएसम्म सवारी आवागमन बन्द रहने प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार बिहान ७ः१५ बजे सूचना जारी गर्दै सम्बन्धित सबैलाई सोहीअनुसार गर्न आग्रह गरेको हो।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार