मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

निर्वाचन तयारीका लागि १९ अर्बभन्दा बढी बजेट स्वीकृत, ६ अर्ब ३५ करोड निकासा

स
समाचार कक्ष
२०२६ जनवरी ३०
5
0
निर्वाचन तयारीका लागि १९ अर्बभन्दा बढी बजेट स्वीकृत, ६ अर्ब ३५ करोड निकासा
सारांश
१६ माघ, काठमाडौं - अर्थ मन्त्रालयले आगामी निर्वाचन प्रयोजनका लागि कुल १९ अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरेको छ। मन्त्रालयको तथ्यांकअ...

१६ माघ, काठमाडौं - अर्थ मन्त्रालयले आगामी निर्वाचन प्रयोजनका लागि कुल १९ अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरेको छ। मन्त्रालयको तथ्यांकअनुसार हालसम्म ६ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी रकम निकासा भइसकेको छ।

२१ फागुनमा तोकिएको निर्वाचनका लागि निर्वाचन आयोगलाई मात्र १८ कात्तिकमा ४ अर्ब ९६ करोड रुपैयाँ स्रोत सहमति दिइएको थियो। त्यसपछि २० पुसमा थप १ अर्ब ७७ करोड ९० हजार रुपैयाँ स्वीकृत गरिएको अर्थ मन्त्रालयले जनाएको छ। यससँगै निर्वाचन आयोगका लागि कुल ६ अर्ब ७३ करोड ६६ लाख ९० हजार रुपैयाँ बराबरको स्रोत सहमति पुगेको छ।

अर्थ मन्त्रालयका अनुसार निर्वाचन आयोगलाई १२ मंसिरमा ४ करोड ३१ लाख रुपैयाँ निकासा गरिएको थियो भने हालसम्म आयोगका लागि मात्र ६ अर्ब ३१ करोड रुपैयाँ निकासा भइसकेको छ।

निर्वाचन सुरक्षाका लागि सुरक्षा निकायलाई पनि उल्लेख्य बजेट स्वीकृत गरिएको छ। राष्ट्रिय अनुसन्धान विभागका लागि १३ कात्तिकमा २ करोड ८० लाख रुपैयाँ स्रोत सहमति प्रदान गरिएको थियो। यस्तै, नेपाली सेनालाई उपकरण खरिदका लागि २८ मंसिरमा ४ करोड ४२ लाख ५० हजार रुपैयाँ बराबरको स्रोत सहमति दिइएको छ।

गृह मन्त्रालय तथा मातहतका निकायका लागि १० अर्ब ३९ करोड रुपैयाँ बराबरको स्रोत सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ। यसैबीच, नेपाली सेनालाई २० पुसमा थप १ अर्ब ९४ करोड रुपैयाँ स्रोत सहमति प्रदान गरिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार