मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

निर्वाचन तयारीको अनुगमन गर्न प्रधानमन्त्री सुशीला कार्की मुस्ताङमा, मुक्तिनाथ दर्शनसहित स्थानीयसँग अन्तरक्रिया

स
समाचार कक्ष
२०२६ फेब्रुअरी २०
7
0
निर्वाचन तयारीको अनुगमन गर्न प्रधानमन्त्री सुशीला कार्की मुस्ताङमा, मुक्तिनाथ दर्शनसहित स्थानीयसँग अन्तरक्रिया
सारांश
८ फागुन, काठमाडौं । सुशीला कार्की शुक्रबार मुस्ताङ पुगेर हिमाली क्षेत्रको स्थलगत अवलोकन गरेकी छन्। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तथा मौसमी...

८ फागुन, काठमाडौं । सुशीला कार्की शुक्रबार मुस्ताङ पुगेर हिमाली क्षेत्रको स्थलगत अवलोकन गरेकी छन्। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तथा मौसमीय चुनौतीका सन्दर्भमा उनले मुस्ताङ भ्रमण गरेकी हुन्।

हिमाली भेगमा मौसम प्रतिकूल हुँदा २१ फागुनमा तय गरिएको निर्वाचन प्रभावित हुन सक्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्री कार्कीको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। उनले भने निर्धारित मितिमै देशभर एकै चरणमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्दै आएकी छन्।

मुस्ताङमा रहँदा प्रधानमन्त्री कार्कीले हिमाली बस्तीको अवस्था बुझ्नुका साथै स्थानीय बासिन्दासँग प्रत्यक्ष अन्तरक्रिया गरिन्। उनले नागरिकका गुनासा र सुझाव सुन्दै निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउने प्रतिबद्धता दोहोर्‍याइन्।

त्यसैगरी, उनले जिल्लाका सरकारी अधिकारीहरूसँग भेटवार्ता गरी निर्वाचनको तयारी, सुरक्षा प्रबन्ध तथा आवश्यक व्यवस्थापनबारे जानकारी लिइन्। दुर्गम क्षेत्र भएकाले विशेष तयारी अपनाउन निर्देशनसमेत दिएको जनाइएको छ।

भ्रमणका क्रममा प्रधानमन्त्री कार्कीले प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिर पुगेर दर्शनसमेत गरेकी छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार