मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

निर्वाचन आचारसंहिता उल्लंघनका घटना बढे, पूर्ण पालना नभएको मानव अधिकार आयोगको निष्कर्ष

स
समाचार कक्ष
२०२६ मार्च १
7
0
निर्वाचन आचारसंहिता उल्लंघनका घटना बढे, पूर्ण पालना नभएको मानव अधिकार आयोगको निष्कर्ष
सारांश
काठमाडौं, १७ फागुन - राष्ट्रिय मानव अधिकार आयोग ले प्रतिनिधिसभा निर्वाचनअघि गरिएको अनुगमनका क्रममा निर्वाचन आचारसंहिताको पूर्ण पालना नभएको...

काठमाडौं, १७ फागुन - राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधिसभा निर्वाचनअघि गरिएको अनुगमनका क्रममा निर्वाचन आचारसंहिताको पूर्ण पालना नभएको निष्कर्ष निकालेको छ।

आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा उम्मेदवारहरूबाट आचारसंहिताको समुचित कार्यान्वयन हुन नसकेको उल्लेख गरिएको छ। आयोगले देशका विभिन्न भागमा आयोजना गरिएका र्‍याली तथा सभाहरूमा बालबालिकाको सहभागिता, पत्रकारमाथि धम्की र कुटपिट, आचारसंहिता विपरीत चुनाव चिन्हको भौतिक प्रयोग तथा व्यक्तिको अनुमति बिना घर–घरमा प्रचार सामग्री टाँगिएको जस्ता घटनालाई उल्लंघनका उदाहरणका रूपमा प्रस्तुत गरेको छ।

त्यस्तै, स्थानीय तह र प्रदेश सरकारका पदाधिकारीहरू चुनावी प्रचारमा संलग्न हुनु, उम्मेदवारहरूले अनुमति बिना अत्यधिक सवारीसाधन प्रयोग गर्नु तथा मतदातामाथि अनुचित प्रभाव पार्ने प्रयास गरिनु पनि आचारसंहिता विपरीत गतिविधि भएको आयोगको भनाइ छ।

आयोगका अनुसार दलका कार्यकर्ता तथा समर्थकहरूले सामाजिक सञ्जालको दुरुपयोग गरी आपसी गालीगलौजमा उत्रिएको, साथै सीमान्तकृत समुदायमा पर्याप्त मतदाता शिक्षा नपुगेको तथ्य समेत अनुगमनका क्रममा भेटिएको छ।

आयोगले ४२ जिल्लामा अनुगमन टोली खटाई निर्वाचन तयारी, आचारसंहिताको कार्यान्वयन अवस्था र शान्ति–सुरक्षाको विषयमा प्रमुख निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायसँग छलफल गरेको जनाएको छ।

यद्यपि, दलका नेता तथा उम्मेदवारबीचको सौहार्दता, सुरक्षा निकायको सतर्कता र निर्वाचन अधिकारी तथा स्थानीय प्रशासनबाट गरिएको तयारीलाई आयोगले सकारात्मक रूपमा लिएको छ।

निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मानव अधिकारमैत्री बनाउन सबै पक्षको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै आयोगले धैर्यता, संयमता र आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ। साथै सामाजिक सञ्जालको दुरुपयोग नगर्न र शान्ति–सुरक्षा मजबुत बनाउन सम्बद्ध सबै पक्षलाई आह्वान गरेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार