मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
अर्थ/व्यापार

नेप्से १७.५३ अंकले ओरालो, बजार घट्दा पनि कारोबार १४ अर्ब नाघ्यो

स
समाचार कक्ष
२०२६ जनवरी २९
9
0
नेप्से १७.५३ अंकले ओरालो, बजार घट्दा पनि कारोबार १४ अर्ब नाघ्यो
सारांश
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १७.५३ अंकले घट्दै २७१४.०५ विन्दुमा बन्द भएको छ। बजार परिसूचकमा गिरावट देखिए पनि ...

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १७.५३ अंकले घट्दै २७१४.०५ विन्दुमा बन्द भएको छ।

बजार परिसूचकमा गिरावट देखिए पनि कारोबार रकम भने उल्लेख्य रुपमा बढेको छ। दिनभरि ३२० कम्पनीका ३ करोड ५४ लाख कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम १४ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ।

आज कारोबारमा आएका कम्पनीमध्ये १७० कम्पनीको सेयर मूल्य घटेको छ भने ८५ कम्पनीको मूल्य बढेको छ। ५ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन देखिएन।

समग्र बजार घटे पनि केही जलविद्युत कम्पनीका सेयरमा भने उत्साहजनक वृद्धि देखिएको छ। हिमालयन दोलखा हाइड्रोपावरको सेयर मूल्य ९.२३ प्रतिशतले बढ्दा शिवश्री हाइड्रोपावर ९.१९ प्रतिशत र कालिका पावर ८.३२ प्रतिशतले उकालो लागेको छ। यता कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

समूहगत सूचकतर्फ हेर्दा विकास बैंक समूह २.२३ प्रतिशत र उत्पादनमूलक (म्यानुफ्याक्चरिङ) समूह २.१२ प्रतिशतले घटेको छ। हाइड्रोपावर, इन्भेष्टमेन्ट तथा म्युचुअल फण्ड समूहका सूचकहरू पनि ओरालो लागेका छन्।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रहँदै ५९ करोड ९९ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको छ। त्यसपछि एसवाई प्यानल ५२ करोड २९ लाख रुपैयाँ र अपर माई हाइड्रोपावर ४६ करोड ६४ लाख रुपैयाँको कारोबारसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार