मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

नेपाल प्रेस युनियनको केन्द्रीय समिति बैठक काठमाडौंमा सुरु

स
समाचार कक्ष
२०२५ जुलाई २०
4
0
नेपाल प्रेस युनियनको केन्द्रीय समिति बैठक काठमाडौंमा सुरु
सारांश
४ साउन, काठमाडौं — लोकतान्त्रिक पत्रकारहरूको छाता संगठन नेपाल प्रेस युनियनको केन्द्रीय समिति बैठक आज काठमाडौंको थापागाउँस्थित कार्निभल रेष्टुरेन्टमा प...

४ साउन, काठमाडौं — लोकतान्त्रिक पत्रकारहरूको छाता संगठन नेपाल प्रेस युनियनको केन्द्रीय समिति बैठक आज काठमाडौंको थापागाउँस्थित कार्निभल रेष्टुरेन्टमा प्रारम्भ भएको छ।

बैठकको प्रारम्भमा युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीले स्वागत मन्तव्य राखेका थिए। साथै, युनियनका मनोनीत सल्लाहकार तेज प्रकाश पण्डित, विपुल पोखरेल तथा केन्द्रीय समिति सदस्यहरू पोषणाथ अधिकारी, विनोद कुमार मल्ल, रवीन्द्र सिंह, जितबहादुर भण्डारी, प्रदीप पन्त, दिपेन्द्र बस्नेत र शिव देवकोटालाई विशेष स्वागत गरिएको छ।

बैठकमा युनियनको तीनवर्षे कार्यकालको समिक्षा, कार्यसमिति विस्तार, शाखा तथा प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनको मिति निर्धारण, विधान संशोधन, विधान सभा आयोजना र सदस्यता शुद्धीकरण लगायतका महत्वपूर्ण विषयमा छलफल हुने बताइएको छ।

युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले बैठकमा जेठ महिनाभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी तयारी अघि बढाउन निर्देशन दिएका छन्।

बैठकमा पदाधिकारीहरूले आ-आफ्नो धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार