मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

नेपाली जुट उद्योगको संरक्षण गर्न सरकारसँग सांसद डाँगीको माग

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २९
7
0
नेपाली जुट उद्योगको संरक्षण गर्न सरकारसँग सांसद डाँगीको माग
सारांश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको कर तथा शुल्कका कारण नेपालको जुट उद्योग प्...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको कर तथा शुल्कका कारण नेपालको जुट उद्योग प्रभावित भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।


मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै डाँगीले नेपाली जुट उत्पादनमा भारतले लगाएको एन्टी–डम्पिङ ड्युटी तथा जारी काउन्टरभेलिङ ड्युटी अनुसन्धानले स्वदेशी उद्योगमा असर पारिरहेको बताइन् ।


उनले जुट उद्योग समस्यामा पर्दा हजारौँ मजदुरको रोजगारी प्रभावित हुने र किसानले उत्पादन गरेको जुटले बजार नपाउने अवस्था आउन सक्ने बताइन् ।


भारतको सम्बन्धित निकायले नेपाल र बंगलादेशबाट आयात हुने जुट उत्पादनबारे काउन्टरभेलिङ ड्युटी अनुसन्धान अघि बढाइरहेको आधिकारिक विवरणमा उल्लेख छ ।


सांसद डाँगीले बन्द उद्योग सञ्चालनसँगै अहिले सञ्चालनमा रहेका जुट उद्योगलाई संरक्षण गर्ने दीर्घकालीन औद्योगिक नीति आवश्यक रहेको बताइन् । उनले औद्योगिक व्यवसाय ऐन, २०७६ को मर्मअनुसार जुट उद्योगको पुनरुत्थान प्रक्रियालाई तीव्रता दिन पनि माग गरिन् ।


नेपाली जुटजन्य उत्पादनले भारतीय बजारमा सहज पहुँच पाउने वातावरण बनाउन सरकारले भारतसँग कूटनीतिक तथा वाणिज्यिक वार्ता अघि बढाउनुपर्ने उनको माग छ ।



साझा गर्नुहोस्:

सम्बन्धित समाचार