मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

नेपाल–चीन–भारतबीच विपद् पूर्वसूचनाका लागि त्रिपक्षीय संयन्त्र बनाउन प्रस्ताव

स
समाचार कक्ष
२०२६ अगस्ट २७
7
0
नेपाल–चीन–भारतबीच विपद् पूर्वसूचनाका लागि त्रिपक्षीय संयन्त्र बनाउन प्रस्ताव
सारांश
सर्वदलीय बैठकमा नेपाल, चीन र भारतबीच विपद् पूर्वतयारी तथा पूर्वसूचनाका लागि त्रिपक्षीय सूचना र समन्वय संयन्त्र विकास गर्न प्रस्ताव गरिएको छ। राष्ट्रिय...

सर्वदलीय बैठकमा नेपाल, चीन र भारतबीच विपद् पूर्वतयारी तथा पूर्वसूचनाका लागि त्रिपक्षीय सूचना र समन्वय संयन्त्र विकास गर्न प्रस्ताव गरिएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सिंहदरबारमा जारी सर्वदलीय बैठकमा यस्तो प्रस्ताव राखेका हुन्। चीनबाट प्राप्त पूर्वसूचना अपेक्षित रूपमा प्रभावकारी हुन नसकेको देखिएकाले तीन देशबीच व्यवस्थित संयन्त्र आवश्यक रहेको उनको भनाइ छ।

रसुवामा आएको विनाशकारी बाढीपछि उत्पन्न अवस्थाबारे छलफल गर्न सर्वदलीय बैठक बसेको हो। बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू तथा सरकारका मन्त्रीहरूको सहभागिता रहेको छ।

लिङदेनले विपद्को उद्धार, राहत र प्रतिकार्यमा हुने राजनीतिकरण तत्काल अन्त्य गर्नुपर्ने बताएका छन्। उनका अनुसार राहत तथा उद्धारका लागि सहयोग संकलनदेखि वितरणसम्म एकद्वार प्रणाली लागू गर्न आवश्यक छ।

त्यस्तै, बाढी तथा पहिरोबाट प्रभावित र विस्थापित नागरिकका लागि अस्थायी पुनर्स्थापना तथा पुनर्वासको काम तत्काल सुरु गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।


साझा गर्नुहोस्:

सम्बन्धित समाचार