मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

नक्कली भुटानी शरणार्थी प्रकरण: आज काठमाडौँ जिल्ला अदालतमा सुनुवाइ हुँदै

स
समाचार कक्ष
२०२५ अगस्ट १२
5
0
नक्कली भुटानी शरणार्थी प्रकरण: आज काठमाडौँ जिल्ला अदालतमा सुनुवाइ हुँदै
सारांश
काठमाडौँ, २७ साउन। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ठहर गर्दै अगाडि बढाइएको मुद्दाको सुनुवाइ आज काठमाडौँ जिल्ला अदालतमा हुँदैछ। न्यायाधीश ध्रुवर...

काठमाडौँ, २७ साउन।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ठहर गर्दै अगाडि बढाइएको मुद्दाको सुनुवाइ आज काठमाडौँ जिल्ला अदालतमा हुँदैछ। न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा उक्त बहुचर्चित प्रकरणको सुनुवाइ तय गरिएको हो।

मुद्दामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, थापाका छोरा प्रतीक थापा, पूर्वगृहसचिव टेकराज पाण्डेसहित ३६ जना प्रतिवादी छन्।

रायमाझी, पाण्डे लगायत केही अभियुक्तहरू थुनामा छन् भने पूर्वगृहमन्त्री खाणसहित अन्य केही भने धरौटीमा छुटेका छन् र बाहिरै बसेर मुद्दा सामना गरिरहेका छन्।

उनीहरूविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधजस्ता संगीन अभियोगहरू लगाइएको छ। प्रकरणको उच्च राजनीतिक संलग्नता र संवेदनशीलताका कारण यो मुद्दा सार्वजनिक चासोको केन्द्रमा रहेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार