मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सम्पन्न, एक सातामै सकियो गणना

meronepaltv
meronepaltv
45 मिनेट अगाडि
47
0
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सम्पन्न, एक सातामै सकियो गणना
सारांश

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना शुक्रबार बिहान सम्पन्न भएको छ। २३ असोज रातिदेखि सुरु भएको म...

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना शुक्रबार बिहान सम्पन्न भएको छ। २३ असोज रातिदेखि सुरु भएको मतगणना मधेश र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै सकिएको हो। निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार यसपटक ७ हजार ३९२ मतदाताका झन्डै एक लाख ६२ हजार मतपत्रको गणना एक सातामै सम्पन्न भएको छ, जबकि १४औँ महाधिवेशनमा ४ हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो। कुल २२९ पदका लागि ७७ प्रकारका पदमा निर्वाचन भएको र प्रत्येक मतदाताले २३ वटा मतपत्रमार्फत मतदान गरेको उनले जानकारी दिए। मतदान तथा मतगणना विवादरहित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताउँदै उनले सबै नतिजा रुजु गरी सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए। नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई दशैंलगत्तै प्रमाणपत्र वितरण र शपथग्रहण गराउने तथा त्यसपछि बस्ने पहिलो बैठकमा स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्ने योजना रहेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार