मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

माथिल्लो त्रिशूली–१ को सुरुङबाट ६ जनाको शव निकालियो

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर १८
6
0
माथिल्लो त्रिशूली–१ को सुरुङबाट ६ जनाको शव निकालियो
सारांश
रसुवामा भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीपछि बेपत्ता व्यक्तिहरूको खोजी गर्ने क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट ६ जनाको शव ...


रसुवामा भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीपछि बेपत्ता व्यक्तिहरूको खोजी गर्ने क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट ६ जनाको शव फेला पारेर निकालिएको छ।

नेपाली सेनाका अनुसार आयोजनाको अडिट–३ टनेलभित्र ढलानका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा ६ शव फेला परेका थिए।

सुरुङभित्र कठिन अवस्थामा रहेका शवलाई ग्याँस कटर र रोटरी रेस्क्यु उपकरणको प्रयोग गरी बाहिर निकालिएको सेनाले जनाएको छ।

टनेलभित्र हिलोले छोपिएको अवस्थामा थप शवजस्तो आकृति देखिएपछि खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको नेपाली सेनाले जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार