मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

मिर्मी–हर्मिचौर जोड्ने पुल कालीगण्डकीको बाढीले बगायो

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २७
5
0
मिर्मी–हर्मिचौर जोड्ने पुल कालीगण्डकीको बाढीले बगायो
सारांश
कालीगण्डकी नदीमा आएको बाढीले मिर्मी ड्याम साइटभन्दा तल रहेको स्याङ्जाको मिर्मी र गुल्मीको हर्मिचौर जोड्ने पुल बगाएको छ । कालीगण्डकी ‘ए’ जलविद्यु...

कालीगण्डकी नदीमा आएको बाढीले मिर्मी ड्याम साइटभन्दा तल रहेको स्याङ्जाको मिर्मी र गुल्मीको हर्मिचौर जोड्ने पुल बगाएको छ ।

कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको ड्याम साइटमा पानीको बहाव बढेसँगै पुल बगाएको नेपाल विद्युत् प्राधिकरण कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रमा कार्यरत विष्णुप्रसाद न्यौपानेले जानकारी दिए ।

गुल्मी प्रहरी प्रमुख एसपी भीमकिरण बोगटीले पनि पुल बाढीले बगाएको पुष्टि गरे । ‘बेलिब्रिज टाइपको पुल थियो, चारपांग्रे गाडीहरु त्यही पुलबाट वारपार गर्थे, आज बिहान ६ बजेतिर बाढीले बगायो,’ एसपी बोगटीले भने ।

उनका अनुसार पुल बगेपछि मिर्मी–हर्मिचौरबीचको आवतजावत प्रभावित भएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार