मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

मोरङमा गाँजा कारोबारी पक्राउ गर्न प्रहरीले चलायो दुई राउन्ड गोली, दुई भारतीय पक्राउ

meronepaltv
meronepaltv
1 घण्टा अगाडि
50
0
मोरङमा गाँजा कारोबारी पक्राउ गर्न प्रहरीले चलायो दुई राउन्ड गोली, दुई भारतीय पक्राउ
सारांश

Writing

विराटनगर । मोरङको रतुवामाईमा गाँजा कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले दुई राउन्ड गोली चलाएको छ। गोली ...

Writing

विराटनगर । मोरङको रतुवामाईमा गाँजा कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले दुई राउन्ड गोली चलाएको छ। गोली लागेर एक जना घाइते भएका छन् भने करिब १०० किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।

बिहीबार राति रतुवामाई नगरपालिका–५, गोबिन्दपुरस्थित बक्राहा खोलाको बगरमा गाँजा बोकेर भारततर्फ जाँदै गरेका व्यक्तिहरूसँग प्रहरीको जम्काभेट भएको थियो।

प्रहरीलाई देखेपछि भाग्न खोजेका उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले सुरुमा एक राउन्ड हवाई फायर गरेको थियो। त्यसपछि पनि नरोकेपछि चलाइएको गोली भारतको अररिया जिल्ला जोगबनीका ३९ वर्षीय प्रमोद चौधरीको देब्रे खुट्टाको पिँडुलामा लागेको मोरङ प्रहरीले जनाएको छ।

घटनामा चौधरीसँगै भारतको अररिया जिल्लास्थित महगामा ग्राम पञ्चायतका ५० वर्षीय राजेन्द्रप्रसाद यादव पनि पक्राउ परेका छन्। घाइते चौधरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार असोज २९ गते दिउँसो सोही स्थानबाट बेवारिसे अवस्थामा २६४.५९ किलो गाँजा बरामद भएको थियो। उक्त क्षेत्रमा पुनः गाँजाको कारोबार हुन सक्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट गस्ती टोली खटाइएको थियो।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार