मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

मानव अधिकार आयोग निर्वाचन अनुगमनमा: मतदान सुरक्षित र निष्पक्ष बनाउन कदम

स
समाचार कक्ष
२०२६ फेब्रुअरी ३
6
0
मानव अधिकार आयोग निर्वाचन अनुगमनमा: मतदान सुरक्षित र निष्पक्ष बनाउन कदम
सारांश
काठमाडौं, २० माघ - राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आगामी फागुन २१ गते हुने निर्वाचनको पूर्वसन्ध्यामा आयोगले मतदानको अवस्था निगरानी...

काठमाडौं, २० माघ - राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आगामी फागुन २१ गते हुने निर्वाचनको पूर्वसन्ध्यामा आयोगले मतदानको अवस्था निगरानी गर्ने बताएका छन्। उनले मतदाताहरू डर वा त्रासको वातावरणबिना स्वच्छ, निष्पक्ष र भयरहित मतदान गर्न सक्ने सुनिश्चितता गर्न आयोग सक्रिय रहने बताए।

मंगलबार ललितपुरमा सञ्चारकर्मीसँगको छलफलमा अध्यक्ष मगरले सञ्चार माध्यमलाई गलत सूचना फैलिन नदिने र निष्पक्ष रिपोर्टिङ सुनिश्चित गर्न सतर्क रहन आग्रह गरे। उनले निर्वाचनस्थलमा बुथ कब्जा गर्ने, मतदातालाई मतदान स्थलसम्म पुग्न नदिने जस्ता घटनाबारे सञ्चारकर्मीले निगरानी र रिपोर्टिङ गर्नुपर्नेमा जोड दिएका छन्।

त्यसैगरी, अध्यक्ष मगरले कुनै उम्मेदवार वा पार्टीको पक्षपोषण हुने खालका सामग्री सम्प्रेषण नगर्न सञ्चारकर्मीलाई सुझाव दिए। उनले निष्पक्ष चुनाव सुनिश्चित गर्न सञ्चारकर्मी र सञ्चार माध्यमको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको पनि औँल्याए।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार