मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

मन्त्री सिन्हा: चुनावमा सफलता दिलाउने पर्दा पछाडिका हिरो मौसमविद्

स
समाचार कक्ष
२०२६ मार्च २३
6
0
मन्त्री सिन्हा: चुनावमा सफलता दिलाउने पर्दा पछाडिका हिरो मौसमविद्
सारांश
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका मन्त्री अनिल कुमार सिन्हा ले वर्तमान सरकारको सफलतामा मौसमविद्हरू ‘पर्दा पछाडिका हिरो’ भएको बताएका छन्...

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका मन्त्री अनिल कुमार सिन्हाले वर्तमान सरकारको सफलतामा मौसमविद्हरू ‘पर्दा पछाडिका हिरो’ भएको बताएका छन्।

विश्व मौसम दिवसको अवसरमा जल तथा मौसम विज्ञान विभागले आयोजना गरेको कार्यक्रममा मन्त्री सिन्हाले यही कुरा औँल्याएका हुन्। उनले भने, “फागुन २१ को निर्वाचन अघि मौसमले साथ दिने कि नदिने भन्ने प्रश्न उठिरहेका बेला मौसमविद्हरूले मौसमले असर नगर्ने आधार दिएका कारण सरकारले देशभर एकैचरणमा निर्वाचन सम्पन्न गर्न सकेको हो।”

मन्त्री सिन्हाले याद दिलाए कि चुनावको मिति आउनुभन्दा एक साताअघि पनि हिमाली क्षेत्रमा हिउँका कारण चुनाव गर्न सकिन्छ कि सकिन्न भन्ने शंका कायम थियो। उनले थपे, “चुनाव एकै दिन, एकै समयमा सम्पन्न गर्नमा यहाँहरूको ठूलो भूमिका रहेको छ। तपाईंहरू पर्दा पछाडि रहेर सरकारलाई सहयोग गर्ने पर्दा पछाडिका हिरोहरू हुनुहुन्छ। म यहाँहरूप्रति आभार व्यक्त गर्न चाहन्छु।”

स्रोत साधनको कमीको बाबजुद मौसमसम्बन्धी अध्ययन र जानकारी उपलब्ध गराउने कार्यका लागि मन्त्री सिन्हाले मौसमविद्हरूको प्रशंसा गरेका छन्।

उनले अन्तर्राष्ट्रिय सहकार्य र अनुसन्धानलाई अघि बढाउँदै मौसमसम्बन्धी सेवालाई प्रभावकारी रूपमा आम नागरिकसम्म पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताए। साथै, मौसम पूर्वानुमानसम्बन्धी सूचना स्थानीय भाषामा पनि सार्वजनिक गर्नुपर्नेमा मन्त्रीले जोड दिएका छन्।

आफूले ३४ वर्ष कानुन क्षेत्रमा बिताएको स्मरण गर्दै मन्त्री सिन्हाले जल तथा मौसम विज्ञान विभागलाई आइपर्ने कानुनी अप्ठ्यारा समाधान गर्न आफू सधैं प्रतिबद्ध रहेको बताए।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार