मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

“मन्त्री हुँदा पनि केही गर्न सकिनँ, अब युवासँग मिलेर देश बनाउँछु” – म्याग्दीमा महावीर पुनको स्पष्टोक्ति

स
समाचार कक्ष
२०२६ जनवरी २८
7
0
“मन्त्री हुँदा पनि केही गर्न सकिनँ, अब युवासँग मिलेर देश बनाउँछु” – म्याग्दीमा महावीर पुनको स्पष्टोक्ति
सारांश
काठमाडौं । पूर्वशिक्षामन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बनेपछि चुनावी ...

काठमाडौं । पूर्वशिक्षामन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बनेपछि चुनावी प्रचारमा व्यस्त छन्। उनी आफ्नो अभियानमा पार्टी संरचना वा ठूलो टोलीबिना, एक्लै जनतामाझ पुगेर मत मागिरहेका छन्।

पुनलाई न माइकको आवश्यकता देखिन्छ, न पछिपछि हिँड्ने कार्यकर्ताको। जहाँ पुगे पनि केही स्थानीयलाई जम्मा गर्छन्, सिधा र झर्रो भाषामा आफ्ना कुरा राख्छन्। प्रचारसँगै उनी आफ्नो पुस्तक बिक्री गर्छन् र केही दिनअघि आर्थिक सहयोगका लागि क्यूआर कोडसमेत सार्वजनिक गरेका छन्।

हालै म्याग्दीको रमणीय स्थान निस्कोट बेसीमा सडकमै भाषण गरिरहेका पुनलाई करिब ५० जना स्थानीयले सुने, जसमा चार जना बालबालिका पनि थिए। महिला र पुरुषको उपस्थिति लगभग बराबर थियो। हातमा पर्चा बोकेर उनले आफ्नै परिचित शैलीमा सम्बोधन गरे।

अहिले आफू एक्लै देखिए पनि संसद् पुगेपछि एक्लो नहुने पुनको भनाइ छ। उनले नयाँ र युवा नेतृत्वसँग मिलेर काम गर्ने स्पष्ट पारे। पुराना दलका ‘बुढा नेता’हरूसँग सहकार्य नहुने बताउँदै, उनीहरू विजयी भएमा आफूलाई काम गर्न नदिने आशंका पनि व्यक्त गरे।

पुनले शिक्षामन्त्री रहँदा काम गर्न धेरै प्रयास गरे पनि सफल हुन नसकेको स्वीकारोक्ति दिए। सांसद बन्ने कुनै पूर्वयोजना नभएको र अचानक ४ गते उम्मेदवारी दिने निर्णय गरेको उनको दाबी थियो।

भाषणमा पुनले युवालाई आफ्नो वास्तविक शक्ति बताउँदै भने, आफू कुनै दलमा नलागे पनि युवाहरू नै आफ्नो पार्टी भएको उल्लेख गरे। स्वतन्त्र उम्मेदवारका रूपमा उठेका युवालाई एकजुट गर्ने प्रयास गर्ने र उनीहरूसँग मिलेर देश विकासको खाका बनाउने उनको भनाइ थियो।

“एक जना मान्छेले के गर्न सक्छ र भन्नेहरूलाई देखाउने मौका आएको छ,” उनले भने, “सकिएन भने पनि कम्तीमा प्रयास गरियो भन्न सकिन्छ।” मन्त्री हुँदा अपेक्षित काम गर्न नसकेको कुरा उनले खुलेर जनतामाझ राखे।

देश विकासका लागि सबै पक्षलाई मिलाउनुपर्ने धारणा राख्दै पुनले आपसी सहकार्य नभए देशलाई घाटा हुने, आफूलाई व्यक्तिगत रूपमा केही नहुने बताए। उम्मेदवारीलाई उनले नियतिको कुरा भन्दै भगवानकै लेखाइ हुनसक्ने टिप्पणी पनि गरे।

आफ्ना अघिल्ला कामको उदाहरण दिँदै पुनले अमेरिकामा बस्दाबस्दै नेपालका १६ जिल्लामा इन्टरनेट विस्तार गरेको, राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेको र वीरगञ्जको कृषि औजार कारखाना लामो समय सञ्चालन गरेको उल्लेख गरे। यी सबै काममा सरकारी पैसा नलागेको उनको दाबी छ।

कोरोना महामारीका बेला करिब १८-२० करोड बराबरको सामग्री देशभर निःशुल्क वितरण गरिएको उल्लेख गर्दै, बाहिरबाट एक्लै गरेको जस्तो देखिए पनि त्यो जनताको सहयोगबिना सम्भव नहुने उनले बताए।

अन्त्यमा पुनले नयाँ दल र नयाँ सोचले देश चलाए आफूलाई सहयोग मिल्ने विश्वास व्यक्त गरे। तर, पुरानै दल फेरि सत्तामा आएमा आफूलाई काम गर्न नदिने निश्चित रहेको भन्दै विगत ३२ वर्षको अनुभवबाट त्यो निष्कर्ष निकालेको बताए।पूर्वशिक्षामन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बनेपछि चुनावी प्रचारमा व्यस्त छन्। उनी आफ्नो अभियानमा पार्टी संरचना वा ठूलो टोलीबिना, एक्लै जनतामाझ पुगेर मत मागिरहेका छन्।

पुनलाई न माइकको आवश्यकता देखिन्छ, न पछिपछि हिँड्ने कार्यकर्ताको। जहाँ पुगे पनि केही स्थानीयलाई जम्मा गर्छन्, सिधा र झर्रो भाषामा आफ्ना कुरा राख्छन्। प्रचारसँगै उनी आफ्नो पुस्तक बिक्री गर्छन् र केही दिनअघि आर्थिक सहयोगका लागि क्यूआर कोडसमेत सार्वजनिक गरेका छन्।

हालै म्याग्दीको रमणीय स्थान निस्कोट बेसीमा सडकमै भाषण गरिरहेका पुनलाई करिब ५० जना स्थानीयले सुने, जसमा चार जना बालबालिका पनि थिए। महिला र पुरुषको उपस्थिति लगभग बराबर थियो। हातमा पर्चा बोकेर उनले आफ्नै परिचित शैलीमा सम्बोधन गरे।

अहिले आफू एक्लै देखिए पनि संसद् पुगेपछि एक्लो नहुने पुनको भनाइ छ। उनले नयाँ र युवा नेतृत्वसँग मिलेर काम गर्ने स्पष्ट पारे। पुराना दलका ‘बुढा नेता’हरूसँग सहकार्य नहुने बताउँदै, उनीहरू विजयी भएमा आफूलाई काम गर्न नदिने आशंका पनि व्यक्त गरे।

पुनले शिक्षामन्त्री रहँदा काम गर्न धेरै प्रयास गरे पनि सफल हुन नसकेको स्वीकारोक्ति दिए। सांसद बन्ने कुनै पूर्वयोजना नभएको र अचानक ४ गते उम्मेदवारी दिने निर्णय गरेको उनको दाबी थियो।

भाषणमा पुनले युवालाई आफ्नो वास्तविक शक्ति बताउँदै भने, आफू कुनै दलमा नलागे पनि युवाहरू नै आफ्नो पार्टी भएको उल्लेख गरे। स्वतन्त्र उम्मेदवारका रूपमा उठेका युवालाई एकजुट गर्ने प्रयास गर्ने र उनीहरूसँग मिलेर देश विकासको खाका बनाउने उनको भनाइ थियो।

“एक जना मान्छेले के गर्न सक्छ र भन्नेहरूलाई देखाउने मौका आएको छ,” उनले भने, “सकिएन भने पनि कम्तीमा प्रयास गरियो भन्न सकिन्छ।” मन्त्री हुँदा अपेक्षित काम गर्न नसकेको कुरा उनले खुलेर जनतामाझ राखे।

देश विकासका लागि सबै पक्षलाई मिलाउनुपर्ने धारणा राख्दै पुनले आपसी सहकार्य नभए देशलाई घाटा हुने, आफूलाई व्यक्तिगत रूपमा केही नहुने बताए। उम्मेदवारीलाई उनले नियतिको कुरा भन्दै भगवानकै लेखाइ हुनसक्ने टिप्पणी पनि गरे।

आफ्ना अघिल्ला कामको उदाहरण दिँदै पुनले अमेरिकामा बस्दाबस्दै नेपालका १६ जिल्लामा इन्टरनेट विस्तार गरेको, राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेको र वीरगञ्जको कृषि औजार कारखाना लामो समय सञ्चालन गरेको उल्लेख गरे। यी सबै काममा सरकारी पैसा नलागेको उनको दाबी छ।

कोरोना महामारीका बेला करिब १८–२० करोड बराबरको सामग्री देशभर निःशुल्क वितरण गरिएको उल्लेख गर्दै, बाहिरबाट एक्लै गरेको जस्तो देखिए पनि त्यो जनताको सहयोगबिना सम्भव नहुने उनले बताए।

अन्त्यमा पुनले नयाँ दल र नयाँ सोचले देश चलाए आफूलाई सहयोग मिल्ने विश्वास व्यक्त गरे। तर, पुरानै दल फेरि सत्तामा आएमा आफूलाई काम गर्न नदिने निश्चित रहेको भन्दै विगत ३२ वर्षको अनुभवबाट त्यो निष्कर्ष निकालेको बताए।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार