मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण प्रकरण छानबिनको माग गर्दै अख्तियारमा उजुरी

स
समाचार कक्ष
२०२६ जनवरी ८
5
0
मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण प्रकरण छानबिनको माग गर्दै अख्तियारमा उजुरी
सारांश
काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण प्रकरणको छानबिन गरी कारबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर...

काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण प्रकरणको छानबिन गरी कारबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।

मुलुक बचाउने नागरिक (ममुबना) अभियानका प्रमुख युवराज सफलले फर्जी आयोजक र फर्जी निमन्त्रणा पत्रका आधारमा मन्त्रिपरिषद्बाट अमेरिका भ्रमण स्वीकृत गराइएको आरोप लगाउँदै उजुरी दिएका हुन् । उजुरीमा आगामी माघ ३ गते अमेरिकामा आयोजना हुने भनिएको ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोल्युसन’ कार्यक्रमसम्बन्धी आयोजक नेपाल सरकार, अमेरिकी सरकार वा नेपाली दूतावासको अभिलेखमा नरहेको दाबी गरिएको छ ।

उजुरीकर्ताले मन्त्री गुप्ताले आफ्नो हैसियत दुरुपयोग गरी सामूहिक रूपमा अमेरिका जान खोजिएको आरोप लगाउँदै यसलाई संगठित मानव तस्करीसँग जोडेर अनुसन्धान गर्न माग गरेका छन् । साथै भ्रमण स्वीकृतिसँग सम्बन्धित मन्त्रिपरिषद्को निर्णय, निमन्त्रणा पत्र, आयोजकको कानुनी वैधता तथा भ्रमण टोलीको विवरण झिकाएर छानबिन गर्नुपर्ने उल्लेख गरिएको छ ।

अख्तियारमा दर्ता गरिएको उजुरीमा दोषी देखिएमा मन्त्री गुप्तामाथि मानव तस्करीसमेतको अभियोगमा कारबाही गर्न र अनुसन्धान अवधिभर उनलाई मन्त्री पदबाट निलम्बन गर्न माग गरिएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार