मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

मुख्यमन्त्री बानियाँको घरमा ‘छापामार शैली’को छापा - कांग्रेसको आपत्ति, निष्पक्ष छानबिनको माग

स
समाचार कक्ष
२०२६ मे ५
7
0
मुख्यमन्त्री बानियाँको घरमा ‘छापामार शैली’को छापा - कांग्रेसको आपत्ति, निष्पक्ष छानबिनको माग
सारांश
काठमाडौं । नेपाली कांग्रेस ले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ को निजी निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा गरिएको छापाप्...

काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको निजी निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा गरिएको छापाप्रति आपत्ति जनाएको छ।

मुख्यमन्त्री बानियाँको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले बिना पूर्वसूचना ‘छापामार शैली’मा अनुसन्धान अघि बढाइएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको हो। बैठकले संवैधानिक प्रक्रिया नअपनाई गरिएको यस्तो कदमप्रति असहमति व्यक्त गर्दै मुख्यमन्त्रीमाथि लगाइएका आरोपहरूको निष्पक्ष र कानुनी दायराभित्र रही छानबिन गर्न आग्रह गरेको छ।

निर्णयमा दलका नेतामाथि लगाइएका आरोपहरूको पारदर्शी र न्यायोचित रूपमा अनुसन्धान हुनुपर्नेमा जोड दिइएको छ।

यसैबीच, बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि योजना तथा आयोजना छनोट गर्दा प्रदेशसभा सदस्यहरूको माग र भौगोलिक अवस्थालाई आधार बनाउने निर्णय समेत गरेको जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार