मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

मकवानपुरमा ट्रक दुर्घटना: एक जनाको मृत्यु, चालक घाइते

स
समाचार कक्ष
२०२६ मार्च २५
6
0
मकवानपुरमा ट्रक दुर्घटना: एक जनाको मृत्यु, चालक घाइते
सारांश
हेटौँडा, मकवानपुर। बुधबार बिहान बकैया गाउँपालिका–११ घट्टेपाखास्थित कान्ति लोकपथ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृतक वीरगन्ज महानगरपालि...

हेटौँडा, मकवानपुर। बुधबार बिहान बकैया गाउँपालिका–११ घट्टेपाखास्थित कान्ति लोकपथमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृतक वीरगन्ज महानगरपालिका–३२ का २० वर्षीय सन्तोष यादव हुन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, वीरगन्जबाट एरियल कम्पनीको सरफ बोकेर काठमाडौँ जाँदै गरेको ना ८ ख ८७६० नम्बरको आइचर ट्रक अनियन्त्रित भई सडक नजिकै रहेको स्थानीय ओमान सिंह तितुङको खाली घरमा ठक्कर खाएको थियो। ट्रक दुर्घटनामा परी करिब १५० मिटर तल खोल्सामा खसेको बताइएको छ।

यसै दुर्घटनामा ट्रक चालक वीरगन्ज–३२ का ३३ वर्षीय कृष्ण यादव गम्भीर घाइते भएका छन्। उनलाई हेटौँडा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवनको भरतपुर पठाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार