मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

महावीर पुनलाई त्रिभुज चुनाव चिह्न, म्याग्दीको चुनावी माहोल तातिंदै

स
समाचार कक्ष
२०२६ जनवरी २३
5
0
महावीर पुनलाई त्रिभुज चुनाव चिह्न, म्याग्दीको चुनावी माहोल तातिंदै
सारांश
म्याग्दी - प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीबाट उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न प्राप्त गरेका छन्। शुक्रबार मुख्य न...

म्याग्दी - प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीबाट उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न प्राप्त गरेका छन्।

शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई पुनले उपलब्ध गराइएका चिह्नहरूमध्ये त्रिभुज चिह्न छनोट गरेका थिए। चिह्न छनोटपछि निर्वाचन प्रशासनले औपचारिक रूपमा उनलाई उक्त चुनाव चिह्न प्रदान गरेको हो।

निर्वाचन आयोगले प्रयोग गर्न नमिल्ने केही चिह्नहरूलाई अलग सूचीमा राखेको छ भने स्वीकृत चिह्नहरूमध्येबाट उम्मेदवारहरूले छनोट गर्न पाउने व्यवस्था गरेको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ कुल ३ हजार ३८७ जनाको उम्मेदवारी परेको छ। आयोगका अनुसार तीमध्ये १ हजार १८८ जना स्वतन्त्र उम्मेदवार छन्, जुन कुल उम्मेदवारको ३४.०६९ प्रतिशत हो। बाँकी २ हजार २९९ जना विभिन्न राजनीतिक दलका उम्मेदवार रहेका छन्।

उम्मेदवारी दर्ता प्रक्रिया यही माघ ६ गते सम्पन्न भएको थियो भने आज स्वतन्त्र उम्मेदवारका लागि चुनाव चिह्न वितरणको कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ। दलीय उम्मेदवारहरूले भने आफ्नै दलको चुनाव चिह्न प्रयोग गर्ने व्यवस्था छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार