मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

महाशिवरात्रि नजिकिँदै गर्दा पशुपतिमा नागा बाबाको आगमन, भक्तजनको चहलपहल बढ्यो

स
समाचार कक्ष
२०२६ फेब्रुअरी १३
6
0
महाशिवरात्रि नजिकिँदै गर्दा पशुपतिमा नागा बाबाको आगमन, भक्तजनको चहलपहल बढ्यो
सारांश
काठमाडौं - हिन्दु धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रि नजिकिँदै जाँदा राजधानीमा धार्मिक गतिविधि तीव्र बन्न थालेका छन्। छिमेकी देश भारत ...

काठमाडौं - हिन्दु धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रि नजिकिँदै जाँदा राजधानीमा धार्मिक गतिविधि तीव्र बन्न थालेका छन्। छिमेकी देश भारतसहित नेपालका विभिन्न स्थानबाट नागा बाबा काठमाडौं आइपुग्न थालेका हुन्।

आज उनीहरू जन्तीका साथ काठमाडौं प्रवेश गरी पशुपतिनाथ मन्दिरको प्रवेशद्वार नम्बर १ हुँदै मन्दिर परिसरमा प्रवेश गरेका छन्। जोगी परम्पराअन्तर्गत पर्ने चार प्रमुख सम्प्रदाय-सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा बाबा सन्न्यासी परम्परामा आबद्ध मानिन्छन्।

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिका अवसरमा विभिन्न सम्प्रदायका साधु–सन्तहरूको उल्लेखनीय उपस्थिति रहने परम्परा छ। पर्व नजिकिँदै जाँदा मन्दिर परिसरमा दर्शनार्थी तथा भक्तजनहरूको आवतजावत समेत बढ्न थालेको छ।

महाशिवरात्रिको तयारीलाई ध्यानमा राख्दै पशुपति क्षेत्र विकास कोषले सुरक्षा, सरसफाइ र व्यवस्थापनका कार्यलाई तीव्रता दिएको जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार